🔶तामाको भाँडामा राखिएको पानी खानुका यति धेरै फाइदा थाहापाई राख्नुहोस
हरेक बिहान तामाको भाँडामा राखेको पानी पिउनुका फाइदा यस्ता छन् ।
१ . तामाको भाँडामा राखेको पानी पिउनाले युरिक एसिडको समस्या कम हुन्छ र जोर्नीको दुखाई कम गर्न रामवाण सावित हुन्छ ।
२. तामाको भाँडमा राखेको पानीमा घुलेको तामा तत्वले शरिरमा थाइरोक्सिन हर्मोनमा नियन्त्रण गर्दछ । जसले थाईराइढको समस्या उत्पन्न हुन दिँदैन ।
३. तामाको भाँडामा राखेको पानी पिउनाले एसिडिटी तथा पेटमा ग्याँस जम्मा हुने समस्याबाट छुटकारा मिल्छ र पाचन प्रणाली पनि सुुध्रन्छ ।
४. तामाको भाँडामा कम्तिमा आठ घण्टा राखेको पानी नियमित रुपमा पिउनाले रक्तअल्पता जास्ता समस्या कम हुन्छ ।
५.तामाको भाँडामा राखेको पानी पिउनाले कोलेस्ट्रोलको समस्या कम हुन्छ र मुटु स्वस्थ राख्न सहयोग पुग्दछ । त्यसैले मुटुका रोगीहरुका लागि तामाको भाँडामा राखेको पानी नियमित रुपमा पिउनु फाइदाजनक हुन्छ ।
६. तामाको भाँडामा राखेको पानीमा पर्याप्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ । यसले सरीरमा क्यान्सर प्रतिरोधी क्षमताको विकाश गर्नुका साथै छिटै बुढ्यौलीका लक्षण देखिने समस्या पनि कम हुन्छ ।
७. शरीरको वजन कम गर्न पनि सहयोग मिल्दछ ।
८.तामाको भाँडामा राखेको पानीमा ब्याक्टेरिया प्रतिरोधी गुण पाइन्छ । जसले पानीमा भएका जिवाणु नष्ट गर्दछ । त्यसैले तामाको भाँडोमा राखेको पानी पिउनाले कमलपित्त, आउँ जस्ता रोगको खतरा कम गर्दछ ।
९.तामाको भाँडामा राखेको पानीमा पाइने लवणका कारण कपाल झर्ने समस्या पनि कम हुन्छ ।

0 Comments
Post a Comment